कला

असहायलाई सहयोग गर्दै कमल खत्री र मेलिना मैनालीले कसे लगन गाँठो

इकागज |
असोज १६, २०७९ आइतबार १५:५७ बजे

काठमाडौं- गायक कमल खत्री र गायिका मेलिना मैनालीले विवाह गरेका छन् । उनीहरूले आइतबार परिवारको उपस्थितिमा विवाह गरेका हुन् । 

खत्रीले विवाहपछि सामाजिक सञ्जाल फेसबुकमा पोस्ट लेख्दै खुसी व्यक्त गरेका छन् । जीवनका हरेक उतारचढावमा सदैव एकअर्कालाई साथ दिने बाचा उनीहरूको छ । ‘केही हप्ता पहिले इन्गेज्मेन्ट गरेका दुवै जना आजबाट वैवाहिक बन्धनमा बाँधिएका छौँ । छर परिवारको उपस्थितिमा मात्र सामान्य तरिकाले हामीले विवाह गरेका हौँ । बिहेमा लाग्ने खर्च गरिब असहायलाई सहयोग गर्ने भनेर हामीले हाम्रो वैवाहिक जीवनको सुरुवात गरेका छौँ,’ खत्रीले भनेका छन् । 


उनले अगाडि लेखेका छन्, ‘जीवनका हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने बाचा गर्दै हामीले रीतिरिवाजअनुसार विवाह गरेका छौँ ।’

खत्री र मैनालीले गत भदौ २६ गते इन्गेज्मेन्ट गरेका थिए । उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा थिए । तर, उनीहरूले सम्बन्धबारे इन्गेज्मेन्टभन्दा अगाडि सार्वजनिक गरेका थिएनन् । 

खत्री र मैनालीले चर्चित ‘म गीत हुँ तिम्रो’, ‘गुनगुनाउने बानी’लगायत गीतमा स्वर दिएका छन् ।


 


Author

थप समाचार
x