कला

स्मृति गौतमको ‘अल्लारे माया–२’ सार्वजनिक

इकागज |
साउन २६, २०७९ बिहीबार ११:१० बजे

काठमाडौं– काँठे लोक दोहोरी गायिका स्मृति गौतमको नयाँ गीत ‘अल्लारे माया–२’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममार्फत गीत विमोचन गरिएको हो । गौतमको जन्मदिनको अवसर पारेर गीत विमोचन कार्यक्रम आयोजना गरिएको थियो। गीत स्मृति गौतम युट्युब च्यानलमा हेर्न सकिन्छ । 

यसअघि गायिका गौतम र गायक प्रताप दासको स्वरमा ‘अल्लारे माया’ बोलको गीत सार्वजनिक भएको थियो । उक्त गीतको सफलतापछि दर्शक र श्रोताको मायालाई कदर गर्दै आफूले अल्लारे माया–२ बजारमा ल्याएको गौतमले बताइन् । प्रमुख अतिथिका रुपमा उपस्थित गायिका ज्ञानु राणाले राणाले मौलिक र मोर्डन दुवैको समिश्रणबाट बनेकोले रचना मन परेको बताउँदै सफलताको शुभकामना दिएकी थिइन् । 


गायिका गौतमको ‘कालो बजारी’, ‘पानबुट्टे चोली’, ‘टोखा छहरे त्रिशुली बजार’, ‘कामेरो’, अल्लारे माया, सानी मायालु, लगायतका गीतहरू रिलिज भइसकेका छन् । 

गौतम ‘नेशनल पावर म्युजिक अवार्ड २०१९’ बाट सम्मानितसमेत भइसकेकी छन् । ‘पानबुट्टे चोली’ नामक गीतबाट उनले सर्वोत्कृष्ट काँठे गायिकाको अवार्ड हात पारेकी थिइन् ।


Author

थप समाचार
x