कृषि

किसानका उत्पादन पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म

इकागज |
माघ १४, २०७९ शनिबार २०:२४ बजे

काठमाडौं- किसान पाइप प्रोडक्स प्रालिले आफ्ना उत्पादन पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुग्न सफल भएका बताएका छन् ।

शनिबार राजधानीमा भएको १३औं साधारणसभाका सभापति एवम् कम्पनीका अध्यक्ष विष्णुप्रसाद पाण्डेले लामो समयदेखि निर्माण क्षेत्रमा व्यवसाय गर्दै आएको हुनाले आफ्नो कम्पनीले गुणस्तरीय निर्माण सामग्रीमात्रै उत्पादन गर्ने गरेको र यही कारण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सामानको माग उच्च रहेको दाबी गरे । यही कारणले व्यापार व्यवसाय राम्रो रूपमा चलिरहेको उनले सुनाए । 


'हामी मूल्यमा होइन, गुणस्तरमा केन्द्रित छौं,' उनले भने । आजको दिनसम्म आइपुग्दा घर, उद्योग, हाउजिङ, कर्मसिएल बिल्डिङलगायत सम्पूर्ण क्षेत्रमा प्रयोग हुने पाइप र फिटिंग्स दिन सफल भएको उनको भनाइ छ । ‘हामी गुणस्तरमा विशेष फोकस गरिरहेका छौं । हाम्रो उद्देश्य ग्राहकलाई क्वालिटी प्रोडक्ट दिनु हो,' उनले थपे । 

१२ वर्ष अगाडि नवलपरासीको बर्दघाटमा ट्यांकी फ्याक्ट्री र पाइप उत्पादनबाट सुरु गरेको यो कम्पनीले अहिले फिटिंग युपीभीसी, एचडीभी, पीभीसी रातो माल्डो ट्यांक, व्लो ट्यांक, बोरिङ्ग पाइपलगायतमा विस्तार भएको छ ।

कम्पनीका म्यानेजिंग डाइरेक्टर अजय पाण्डेले कम्पनीले जापनीज ब्राण्डसँंग टाईअप गरेर अगाडि बढेको जानकारी गराए । उनले यही कारण उल्लेखनीय प्रगति भएको खुसी पनि साटे । 

कम्पनीका निर्देशक भीम पौडेलले अहिलेको नाजुक अवस्थामा पनि कम्पनीको गुणस्तरीय उत्पादन गरेर राम्रो बजार भएको बताए । यही कारण कम्पनीमा थप पुँंजी लगानी गरी देशकै नमूना उद्योग बनाउनुपर्नेमा उनले जोड दिए । 

कम्पनीका निर्देशक शिव मानन्धरले आफू निर्माण सामग्री बिक्रेता पनि भएकोले कुन प्रोडक्ट गुणस्तरीय छ र कुन गुणस्तरीय छैन राम्रो ज्ञान भएको र गुणस्तीय उत्पादनकै कारण आफूले किसान प्रोडक्ट बिक्री गर्दै आएको जनाए ।

उपभोक्ताले अत्यन्त गुणस्तरका कारणले यसका उत्पादनहरू मन पराएको उनको अनुभव छ । 


Author

थप समाचार
x