कृषि

हाम्रै लापरबाहीका कारण कृषिजन्य सामग्रीको आयात बढ्‍याे : अध्यक्ष ओली

इकागज |
असार १५, २०७९ बुधबार १४:४३ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका ६० प्रतिशत मानिस कृषि पेशामा भएर पनि आयातको ठूलो हिस्सा कृषिजन्य सामग्री नै हुनु दुःखद् भएको बताएका छन् । १९ औं धान दिवसको अवसरमा भक्तपुरको सिरुटारमा अयोजित रोपाइँ महोत्सवमा उनले यो स्थिति हाम्रै लापरबाहीका कारण आएको बताएका छन् ।

ओलीले आएको यस्तो स्थितिलाई सुधार गर्नुपर्ने जिकिर गरे । 'अहिले हामी आफैँले गर्दै आएको लापरबाही, असावधानी, प्रयासहरूको कमीको अन्त्य गर्नुपर्ने हुन्छ,' उनले भने, 'यो अवस्थाको सुधार गरेसँगै हामी कृषिको व्यवसायिकीकरण तर्फ लम्कने सक्छौँ । आफैलाई सुधार गरे उन्‍नत बिउ र आफ्नै जीवनस्तर समेत सुधार गर्न सकिन्छ ।' 


'नेपाल कृषि प्रधान देश हो । हाम्रो मुख्य कृषि उत्पादन पनि धान नै हो । नेपालको हावापानी र माटो सबै हिसाबले धान उत्पादनका लागि उपयुक्त छ । यो सबै भूभाग र वातावरणलाई हामीले सदुपयोग गर्नुपर्छ,' उनले भने ।


Author

थप समाचार
x