कृषि

सरकारी कार्यालयहरूमा नेपाली बिस्कुटमात्रै खाने नीति बनाएका छौँ : अर्थमन्त्री

इकागज |
असार ६, २०७९ सोमबार १५:१२ बजे

फाइल तस्बिर

काठमाडौँ - अर्थमन्त्री जनार्दन शर्माले कृषि प्रधान देशले वार्षिक साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसक्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । उनले देशमा साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसकिने भएकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम देशको उत्पादनलाई प्राथमिकता दिने गरेर आएको उल्लेख गरे ।


मन्त्री शर्माले सरकारी कार्यालयहरूमा विदेशी आयातित वस्तुभन्दा देशभित्र नै उत्पादन भएको वस्तु प्रयोग गर्नुपर्ने नीति आएको जिकिर गरे । उनले सरकारी कार्यालयहरूका विभिन्‍न बैठकहरूमा नेपाली बिस्कुट नै प्रयोग गर्न आग्रह समेत गरे ।
 
उनले भने,‘सरकारी कार्यालयहरूमा नेपाली बिस्कुटमात्र खाने नीति बनाएका छौँ । विदेशी बिस्कुटहरू खाइरहेका हुन्छौँ अबदेखि नेपाली बिस्कुट नै खानुपर्ने भन्‍ने कुरा गरिएको छ । वार्षिक साढे ३ खर्बको खाद्यवस्तु नेपाल आइरहेको छ । कृषि प्रधान देशले साढे ३ खर्बको खाद्यवस्तु विदेशबाट ल्याएर खायो भने देश बनाउन सक्छौँ ? त्यसकारण देशको उत्पादनलाई प्राथमिकता दिने गरेर अहिलेको नीति तथा कार्यक्रम ल्याइएको छ ।’ 


Author

थप समाचार
x