प्रवास

नयाँ वर्षकै दिन टोकियोमा एक नेपाली विद्यार्थी मृत फेला

इकागज |
पुस १७, २०७९ आइतवार १०:२० बजे

जापान - टोकियोकोमा एक नेपाली विद्यार्थी मृत फेला परेका छन् । टोकियोको इकेबुकुरोमा बस्दै आएका धनकुटाका २८ वर्षीय नेपाली युवा मृत अवस्थामा भेटिएका छन् ।

विद्यार्थीका रुपमा २०२२ को जुलाईमा जापान आएका अनिस कटुवाल आफू बस्दै आएको कोठाको बाथट्युबमा आइतबार बिहान मृत अवस्थामा भेटिएको उनका साथीले जानकारी दिए ।


कोठामा संगै बस्दै आएका दुई जना साथी नयाँ वर्ष मनाउन गएराति  बाहिर गएको र बिहान ५ बजे कोठामा फर्कँदा कटुवाल बाथट्युबमा तैरिएको अवस्थामा मृतक भेटिएको बताइएको छ ।

तीदुई जना साथीहरू नयाँ वर्ष मनाउन बाहिर जाने बेलामा कटुवाल सुतिरहेको र फर्कँदा मृत भेटिएका हुन् । मृत भेटेपछि साथीहरूले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए  । प्रहरीले नेपाली दूतावाससँग समन्वयपछि बाँकी प्रक्रिया अगाडि बढाउन लागिएको जनाएको छ । 


Author

थप समाचार
x