प्रवास

जापानका पूर्वप्रधानमन्त्री आबेको राजकीय बिदाइ, नेपालका तर्फबाट राजदूत सुवेदी सहभागी

इकागज |
असोज १२, २०७९ बुधवार १६:२९ बजे

जापान- जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेकाे मंगलबार सम्पन्न राजकीय श्रद्धाञ्जली सभामा नेपाल सरकारका तर्फबाट जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी सहभागी भएका छन् । सभामा सुवेदीले पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।


टोकियोको निप्पोन बुडाकोन भवनमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै जापानका प्रधानमन्त्री फुमियो किसिदीले सबैभन्दा लामो समय प्रधानमन्त्रीको रूपमा काम गरेका आबे जापानको राजनेता भएको बताउँदै देशको आर्थिक विकास, एकता र स्थायित्व कायम राख्न ठूलो योगदान दिएको जिकिर गरे । सभामा जोर्डनका राजा अब्दुल्लाह र क्याम्बोडियाका प्रधानमन्त्री हुन सेन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, दक्षिण कोरियाका प्रधानमन्त्री हान डक–सू लगायतका विशिष्ट पाहुनाहरू सहभागी थिए ।

विदेशी र जापानका समेत गरेर झन्डै ४ हजार ३०० जना श्रद्धाञ्जली समारोहमा सहभागी थिए । ७०० जना विदेशी पाहुनाहरू सरकारका उच्च पदस्थ अधिकारी वा राजदूत रजापानस्थित कूटनीतिज्ञहरू रहेको बताइएको छ । गत जुलाईमा आमसभामा बोलिरहेका बेला आबेको गोली हानी हत्या भएको थियो ।

 


Author

थप समाचार
x