प्रवास

आबेको अन्त्येष्टि खर्च बेलायतकी दिवंगत एलिजावेथको भन्दा बढी !

इकागज |
असोज ९, २०७९ आइतबार ७:२३ बजे

टोकियो- देशका जनताको चर्को आलोचनाबीच जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको अन्त्येष्टि अर्को साता हुने भएको छ । अन्त्येष्टिको लागतलाई लिएर भएको चर्का आलोचनाबीच उनको अन्तिम संस्कार हुन लागेको हो ।

सिन्जो आबेको यसै वर्षको जुलाई ८ मा एउटा राजनीतिक कार्यक्रममा हत्या भएको थियो । अन्त्येष्टिका लागि जापान सकरकारले १ दशमलब ६६ अर्ब यन खर्च लाग्ने जनाएको छ, जुन रकम हालै दिवंगत भएकी बेलायती महारानीको राजकीय अन्त्येष्टिमा लागेको खर्चभन्दा बढी हो ।


आबेको अन्त्येष्टिको विवादले जापानमा प्रदर्शन सुरु गरेको छ ।  यसै साताको सुरुमा आबेलाई राजकीय अन्त्येष्टि गर्ने सरकारको घोषणाको विरोधमा एक व्यक्तिले प्रधानमी फुमिको किसिदाको आवास नजिक आत्मदाहको प्रयास गरेका थिए ।

आबेको अन्त्येष्टिमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदी र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजसहित २१७ देशका ७०० पाहुनाहरु सहभागी छन् । प्रधानमन्त्रीको रूपमा आबेको नीतिहरूले जापानलाई विभाजित गरेको छ । एजेन्सी


Author

थप समाचार
x